भण्डारढिकमा नेकोस खेल महोत्सव जारी, आज सेमिफाइनल समिकरण पुरा हुदैं

पाेखरा | चैत ७, २०८०

भण्डारढिकमा नेकोस खेल महोत्सव जारी, आज सेमिफाइनल समिकरण पुरा हुदैं PHOTO: UMESH PUN

पोखरा:  लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ आज सेमिफाइनलको समिकरण पुरा हुने भएको छ ।

 

सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा गत ३ गते देखि जारी खेल महोत्सव अन्तरगत आज फुटबलतर्फ अन्तिम क्वाटरफाइनल खेल सहारा क्लब र विष्णुपादुका क्लबबीच हुनेछ । 

 

यस खेलसकिएसँगै सेमिफाइनलको समिकरण पुरा हुनेछ । 

 

उक्त खेलको विजेता टोलीले दोस्रो सेमिफाइनल खेलका रुपमा भोलि (बिहीबार) आदर्श क्लब भण्डारढिकसँग भिड्नेछ ।

 

आदर्श क्लब भण्डारढिकले क्वाटरफाइनलमा अन्नपूर्ण गाउँपालिकालाई पराजित गर्दै सेमिफइनलमा प्रवेश गरिसकेको खेल संयोजक विष्णु पुनले जानकारी दिए ।

 

उनका अनुसार पहिलो सेमिफाइनल खेल आज एलसी ब्रदर्श लामाचौर र आरएस बिच फुटबल क्लबबीच दिउँसो २ बजे हुनेछ । 
 

एलसी ब्रदर्शले आयोजक टिम नेकोसलाई क्वाटरफाइनलमा हराउँदै अन्तिम चारमा उक्लिएको थियो भने आरएस क्लबले संगम क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

 

प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्